काठमाडौं । कोभिड १९ पछि अब नेपालीले नियु नर्मलमा बाच्नु पर्ने निश्चित छ । नियु नर्मलमा अर्थतन्त्रलाई चलयमान बनाउन आइटीसँग व्यापार व्यवसाय र ट्रान्जेक्सनको संयोजन गर्दै जानुको बिकल्प नभएको र यसले आगमी दिनमा नेपालमा क्यासलेस अर्थतन्त्रको बिस्तार हुने सरोकारवालाहरु बताउँछन्।
‘शुक्रवार लोकपथ विशेषः क्यासलेस नेपाल सपना र चुनौती’ अन्तरक्रियामा बोल्दै रिलान्यन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले जीवन बीमाको ६४ अर्बको प्रिमियम संकलनको बजार रहेको र यसका लागि देश भरिका ५ लाख भन्दा बढी बीमा एजेन्टहरु कार्यरत छन् । यो तुलो बजार हुन् सक्छ क्यासलेस ट्रान्जेक्सन सेग्मेन्टमा बताएका छन् ।
हाल नेपालको क्यासलेस ट्रान्जेक्सनको ५ प्रतिशतको बजार पहुँचलार्इ जीवन बीमाको सेग्मेन्टमा र धितोपत्र बजारको दुबै (प्राइमरी र सेकेण्डरी) मार्केटको नयाँ एभिन्युज जोड्न सकिए मात्र डिजीटल र क्यासलेस अर्थतन्त्रको आयमा ठुलै परिवर्तन आउन सक्ने पराजुली बताए। तर यसका लागि राज्य, नियामक निकाय लगायत दातु निकायले इन्स्फास्टक्चर अभिवृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि र नीतिगत परिवर्तनमा ध्यान दिनुपर्ने पराजुलीको तर्क रहेको छ ।
युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमका टिम लिडर निर्मल दाहालले कार्यक्रममा बोल्दै सक्षमले बिगत ५र६ बर्ष देखि नेपालमा एक्सेस टु फाइनान्स कार्यक्रम अन्तर्गत ४५ भन्दा बढी बैंक तथा बितिय पार्टनरहरु सँग मिलेर १७ लाख नागरिकको पहुँचमा डिजीटल र क्यासलेस ट्रान्जेक्सनको अवसर विस्तार गरेको बताएका छन् । यसबाट ८६ हर्ज भन्दा बढी साना तथा मझौला उद्योग लाभान्वित भएका साथै भ्यालु चेन सृजना गर्ने कार्यक्रम अन्तर्गत पश्चिम नेपालमा उखु किसान र उखु मिलबीच युनिक डिजीटल ट्रान्जेक्सन मोडल विकास गरेको र जुन अत्यधिक सफल रहेको बताउँदै आगामी दिनमा युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले बिमा जस्ता सहरि अथवा सेमी अर्बन छेत्रमा समेत ब्यबसायिक रुपले सम्भब देखिने बिमा एबम अन्य फिन्टेक सम्भावना भएका स्थानमा निजी पार्टनरहरुसँग सह कार्य गर्न टायर रहेको बताएका छन ।
बजेट मार्फत सरकारले बीमाको पेनिट्रेसन २२ प्रतिशतबाट ४० मा पुर्याउनु पर्ने लक्ष्य राख्नु एकदम सहि कदम भन्दै तर ३ लाख भन्दा १० लाख सम्म को लिमिटका प्याकेजहरु लिएर जानु पर्ने रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पराजुलीको तर्क छ।
पराजुलीले भने, “हामीले भाएवल बिजनेस प्लान पनि बनाउनु पर्छ र बीमाका एजेन्टहरुलाई क्षमता अभिवृद्धि मात्रै होइन अन्य बैंक तथा अरु कम्पनी तथा सेवा प्रदायकहरुको समेत सामुहिक बिजनेस अवसर प्रदान गर्न सके मात्र यस्ता कार्य दिगो हुने भन्दै सरकार र दातृ निकायले कार्यक्रम संचालन गर्दा ग्रान्ट भन्दा विजनेस भैएबिलितटीको समेत मुल्यांकन गर्दै अघि बढ्नु पर्छ ।”
युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा रियल टाइम ट्रान्जेक्सन सेटलमेन्टका निम्ति नेसनल पेमेन्ट सिस्टमका विकास गर्न २०१५ देखि कार्य गर्दै आइहेको छ । साथै आगामी आर्थिक बर्ष सम्ममा नेसनल पेमेन्ट गेटवे लगायत विकसित हुने र यसले डिजीटल र क्यासलेस अर्थतन्त्र निर्माणमा ठुलो टेवा पुग्ने टिम लिडर दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया