हेर्नुहोस् २०७७ साल जेठ २४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ २४ गते । शनिवार । इ.स.२०२० जुन ०६ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष ।

तिथी– प्रतिपदा,२३ बजेर ३९ मिनेट उप्रान्त द्वितिया । नक्षत्र– ज्येष्ठा,१६ बजेर २९ मिनेट उप्रान्त मूल । योग साध्य,१८ बजेर ५९ मिनेट उप्रान्त शुभ ।

करण– बालव,१२ बजेर २२ मिनेट उप्रान्त कौलव, २२ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– मुसल योग । चन्द्रराशि–वृश्चिक,१६ बजेर २९ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५६ मिनेटमा । दिनमान ३४ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ ।

महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ ।

माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । साँझपख समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ ।

परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । साँझपख समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेको छ ।

अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम रहेको छ । साहशीलो काम गरेर लाभ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । मायाँ प्रेमको डोरो कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ ।

व्यवसाय कै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ ।

वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्नेछ ।

व्यापार व्यवसायमा भनेजस्तो नाँफा नभएपनि कृषि तथा पशुपालन व्यवसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाव सिर्जना हुनेछ । साँझपख माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ ।

न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला ।

माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्ख हेरको रणनीति अपनाउनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ ।

बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ ।

माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा साथीभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् ।

कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । तर पनि साँझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पुरा गर्न सकिनेछ ।

ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । तर पनि साँझपखको समय मध्यम रहेकोले काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपूर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ ।

प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ ।

खोजीमुलक काममा यात्राको तय गर्न सकिनेछ । व्यापार व्यवसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?