नेपालमा थप ४३ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप ४३ जनाले कोरोना संक्मण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्मण जित्नेको संख्या ३३३ पुगेको छ ।

आज धरानबाट ३ जना डिस्चार्ज भएका छन् । उनीहरु ३ जनानै झापाका १५ देखि ४५ वर्षिय पुरुष रहेका छन् । उनीहर कोरोना संक्रमण देखिएको ७ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै, कोशी अस्पताल विराटनगरबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु धनकुटा, खोटाङ, उदएपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बताए । २७ जना मध्ये ४ जना महिला र २३ जना पुरुष रहेका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ६ देखि ११ औं दिनमा कोरोना जितेर घर फर्केका छन् ।

यसैगरी बाँकेबाट १३ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् । उनीहरु १६ वर्ष देखि ५५ वर्षसम्मका रहेका मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । डिस्चार्ज भएका १३ जना मध्ये १ जना महिला र १२ जना पुरुष रहेका देवकोटाले बताए । उनीहरु कोरोना संक्रमण भएको १४ देखि ३० दिनमा डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्मण जित्नेको संख्या ३३३ पुगेको छ ।

प्रदेशीक विवरण

प्रदेश नं १ – ७६ जना

प्रदेश नं २ – १२१ जना

वाग्मती प्रदेश – ३२ जना

गण्डकी प्रदेश – ३ जना

प्रदेश नं ५ – ९२जना

कर्णाली प्रदेश – २ जना

सुदुरपश्चिम प्रदेश – ७ जना

 

मन्त्रालयले भन्यो- नेपालमा कोरोनाको कारण हालसम्म ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीवार मात्र नेपालमा थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या ११ पुगेको हो ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–१ का २८ वर्षीय युवक रहेका छन् । उनको बिहीवार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएको र मृत्युपछि पिसीआर परीक्षण गरिएकोमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको हो ।

यसअघि शनिवार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो ।

नेपालमा शुक्रवार  २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैपटक २७८ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

नेपालमा आज (शुक्रवार) एकैपटक २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २७८ जनालाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको महामारीका कारण ११ जनाको मृत्यु भईसकेको छ । नेपालमा आज थप एक जनाको मृत्यु भएको हो । बिहीवार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१, सुर्खेतका २८ वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै नेपालमा अहिलेसम्म ३३३ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप ४३ जना कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका हुन् ।

नेपालमा हिजो (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?