मन्त्रालयले भन्यो- नेपालमा कोरोनाको कारण हालसम्म ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीवार मात्र नेपालमा थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या ११ पुगेको हो ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–१ का २८ वर्षीय युवक रहेका छन् । उनको बिहीवार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएको र मृत्युपछि पिसीआर परीक्षण गरिएकोमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको हो ।

यसअघि शनिवार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो ।

नेपालमा शुक्रवार  २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ३ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमध्ये २७१ पुरुष र ७२ महिला रहेका छन् । भने कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?