काठमाडौं । नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा दैलेख, हुम्ला, जुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका गरी १ सय जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अंवेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै हालसम्म कर्णाली प्रदेशमा मात्र ४ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यद्यपी शुक्रवार थपिएका एक सय जनाको भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया