फोरमकी देव उपसभामुख निर्वाचित

जनकपुरधाम, ४ फागुन – प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले प्रदेशसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ को उपधारा (१) बमोजिम उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो निर्धारित समयभन्दा ४५ मिनेट ढिलो गरी अपराह्न १ः४५ बजे शुरू भएको बैठक २ः०० बजेसम्म बसेको थियो । बैठकमा फोरमका ज्ञानेन्द्रकुमार यादवले प्रदशसभा सदस्य देवलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दा राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सुरिताकुमारी साहले समर्थन गर्नुभएको थियो यसअघि सभामुख यादवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त मुख्यमन्त्रीमा लालबाबु राउतलाई नियुक्ति तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्कौ बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?