सपनामा रुनुको मतलव के ?

काठमाडौं । के तपाईले कहिल्यै सपनामा रौईरहेको देख्नु भएको छ । यदि छ भने त्यसको मतलव के हो भन्ने बारेमा तपाईलाई जान्ने धेरै इच्छा भयो हो ।

त्यहि ईच्छा आज हामी तपाईलाई जानकारी दिनेछौँ । स्वप्न शास्त्रका अनुसार सपनामा आफू रोईरहेको देख्नुको मतलव जीवनमा मान र सम्मान छिटै मिल्ने संकेत हो । उक्त सपनाले तपाईको परिस्थिति बदलिएर मान र सम्मान दिलाउँछ ।

आफू सपनामा रुनुले तपाईको मानसिक अवस्थालाई पनि दर्शाउँछ । आफ्नो पीडा पोखिएको भनेर पनि बुझ्ने गरिन्छ ।

त्यस्तै मनोवैज्ञानिकहरुको कुरा मान्ने हो भने आफ्नो वास्तविक जीवनमा जो मानिस रुँदैन उसले सपनामा आफ्ना पीडा पोख्ने गर्दछ ।

साथै कसैले भने सपनामा आफू रोईरहेको देख्नु भनेको आफ्नो आयु वृद्धि हुनु हो भन्ने मान्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?