चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्देशक समेत रहेका दयाराम दाहाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

अन्य एक दर्जन हाराहारीको आकाँक्षीलाई पछि पार्दै उनले नियुक्ति पाएका हुन् । बैठकले केही सहसचिवलाई सचिवमा बढुवा गर्नुका साथै स्वास्थ्य संकटकाल घोषणा गर्नेबारे पनि छलफल भएको छ ।

अबको बैठकले यसबारे र लकडाउनको मोडालिटी परिवर्तनबारे निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?