कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ८८ हजार ५८७ जनाको मृत्यु भईसकेको छ भने ६६ लाख ८ हजार ३८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३१ लाख ९३ हजार ८६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ९ हजार १७६ जनाको मृत्यु भईसकेको छ भने १९ लाख ३ हजार ८६८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ८८ हजार ८११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख ८७ हजार १७ जनालाई संक्रमण भएको छ भने ३२ हजार ६०२ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा २ लाख ६६ हजार १३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ३८४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ४१ हजार १०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ४ हजार ६२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ८३१ जना नयाँ संक्रमित थपिएका छन् भने १६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ४०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ८३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६० हजार ९३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार २१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ६७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ६९ हजार ४५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७०१ जनाको मृत्यु भएको छ भने १ लाख ८४ हजार ४७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६७ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार १०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १८ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ४ हजार ६२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६१३ जना नयाँ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ४२२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३० हजार ८५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ९१४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ९१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २७ हजार ४८५ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५९ जनाको मृत्यु भएको छ भने ३ हजार ५७४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा ७ हजार ४९८ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५१ हजार ४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ११ हजार ७२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार २३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९२ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ९१२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ७३ हजार २७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ७७० जनाको मृत्यु भईसकेको छ भने ८५ हजार २६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० हजार १२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८२ जनाको मृत्यु भएको छ भने ४ हजार ८०१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५४८ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ७६७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८२ जना नयाँ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९९० जनाको मृत्यु भएको छ भने ४६ हजार ९४२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३ जनाको मृत्यु भईसकेको छ भने २०९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ८०० जनाको मृत्यु भएको छ भने ४५ हजार ६९३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?