‘आगामी २ बर्ष भित्र नेपालको फिन्टेक इन्डष्ट्रिमा आमुल परिवर्तन हुनेछ’

काठमाडौं । सरकारी संयन्त्रको सोचमा आएको परिवर्तन, प्रविधिमा भएको सुधार र नागरिकमा टेक्नोलोजीको प्रयोगप्रतिको भएको परिवर्तनका कारणले आगामी दुइ बर्ष भित्र नेपालको फिन्टेक इन्डष्ट्रिमा आमुल परिवर्तन आउने सरोकारवालाहरुले दाबि गरेका छन् ।

बिहीवार लोकपथ विशेष: “क्यासलेस नेपाल सपना र चुनौती” अन्तरक्रियामा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर नेपाल टेलिकमले आफ्नै वालेट संचालन गर्ने अन्तिम तयारी गरिरहेको बताए । “हामीले राष्ट्र बैंकको निर्देशन बमोजिम एलओआइका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेर राष्ट्र बैंकमा डकुमेन्ट बुझाई सकेका छौँ तर अहिलेसम्म किन एलओआइ पाइरहेको छैनौ त्यो चाँही हामीले बुझ्न सकेका छैनौ।” उनले भने ।

त्यस्तै खल्ती डिजिटल वालेटका संस्थापक सदस्य अमित अग्रवाल नेपालमा अझै पनि करीब ५ प्रतिशत कारोवार मात्रै क्यासलेस हुने र करीब ५ लाख नेपालीहरुले सक्रिय रुपमा फिन्टेकको माध्यमबाट कारोवार गर्ने गरेको बताउँछन् । अहिले धेरे तहमा अझै काम गर्नु पर्ने, नीतिगत तह मा र प्रयोग कर्ताको व्यवहार र कम्पनीहरुले पनि आफ्नो सेल्स स्ट्रयाटेजीमा थुप्रै सुधार गर्नु उनको तर्क रहेको छ।

कोभिड -१९ को प्रभावपछि नागरिकका व्यवहारमा परिवर्तन आएको छ, उपभोक्ताको फिन्टेक अथवा वालेट र इन्टरनेट पेमेन्टको प्रयोगमा बृद्धि भएको छ । उनले भने, “अब नीतिगत सुधारको बेला हो, अवश्य पनि नेसनल पेमेन्ट गेटवे, नेसनल क्युआर कोड आवश्यक भैसक्यो र सरकारले अब यसमा ठोश कदम चाल्नु पर्छ ।”

त्यस्तै, नेपाल टेलिकम मात्र नभइ अन्तर्राष्ट्रिय फिन्टेक कम्पनीहरु समेत नेपालमा आउन आवश्यक रहेको आफुहरुको जस्तो कम्पनीहरुले ठुला कम्पनीहरुलाई भ्यालु याड गर्न सक्छ र यसले बजार अझ चाँडो विस्तार हुनसक्ने तर्क अग्रवालको रहेको छ ।

अब नेपालमा सरकारले चाँडो भन्दा चाँडो र धेरै भन्दा धरै सरकारी कारोवारलाइ डिजिटल माध्यमबाट गराउने कार्य अनिवार्य गर्दै लैजानुपर्ने बताउँदै अग्रवाल भन्छन्, “हालको यो मोबाइल टपअप केन्द्रित वालेटको दयारामा ठुलै आमूल सुधार आवश्यक छ र सरकारी भुक्तानी फिन्टेक का माध्यमबाट हुनसके यसले यो उद्योगमा नयाँ आयाम नै थप्ने नत्र हाल सम्म यो मुनाफाको व्यवसाय हुन सकेको छैन् ।”

त्यस्तै नेपाल टेलिकम हाल मुनाफा नभइ देशलाइ नै क्यासलेस मार्गमा लैजान र डिजिटल नेपालको सपनामा सहयोग पुर्याउने उदेश्यले फिन्टेक इन्डष्ट्रिमा आउन लागेको तर आगामी भविश्यमा फिन्टेक इन्डष्ट्रि टेलिकमको समेत एउटा अधिक मुनाफाको व्यापार हुनेमा आफु विश्वस्त रहेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?