काठमाडौं । प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई पराजित गरेर घर फर्किएका छन् ।
बिहीवार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ ।
यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् । प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया