लकडाउनमा घट्यो हवाइ भाडा

काठमाडौं । बुध्द एयरले हवाइ भाडा घटाएको छ ।

हवाइ इन्धनको मूल्य घट्नुका साथै सरकारले बजेटमार्फत अतिरिक्त कर पनि १० हटाइएपछि बुध्द एयरले सोही अनुसार फ्यूल चार्ज घटाएको हो ।

जसअनुसार हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतममा १ हजार १ सय ५ रुपैयाँदेखि न्यूनतममा २ सय २५ रुपैयाँसम्म भाडा घटेको बुद्ध एयरले जनाएको छ ।

बुध्द एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ ।

लकडाउनमा केही जहाज उडेता पनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणहरु गरि नै रहेको एयरलाइन्सले जनाएको छ ।

कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाईडलाइन अनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याईसकेको एयरलाइन्सले जनाएको छ ।

सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने विस्तृतमा उल्लेख रहेको छ ।

सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने बुध्द एयरले विज्ञप्तीमार्फत जनाएको छ । त्यसैगरि आउने साताको अन्त्यसम्म सोही अनुसार अभ्यास गर्ने पनि जनाएको छ । यस अभ्यासले यात्रु तथा कर्मचारीको सुरक्षामा विशेष भूमिका खेल्ने उसको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?