नेपालका ६५ जिल्लामा फैलियो कोरोना संक्रमण, कुन प्रदेशमा कति छन् संक्रमित ? (विवरणसहित)

काठमाडौं । नेपालको हालसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम मानिसमा कोरोना संक्रमण देखिएको छ ।

यस्तो छ प्रादेशीक विवरण

प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ ।

बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशका ६ जिल्लाका ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको ९(सबै) जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १० जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीवार थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै आज(बिहीवार) नै ३३४ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै देशका विभिन्न ठाँउका १२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?