अक्सोफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको ‘भ्याक्सीन’ ट्रायल ब्राजिलमा हुने

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाभाइरसविरुद्धको भ्याक्सीनको ट्रायल ब्राजिलमा हुने भएको छ ।

ब्राजिलको स्वास्थ्य नियमन निकायले अक्सोर्डको कोरोनाभाइरसविरुद्धको खोप ट्रायलको अनुमति दिएपछि अब ब्राजिलमा उक्त खोपको प्रयोग गरिने भइएको हो ।

यो जानकारी रोयटर्सले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

अक्फोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले बनाएको यो खोप दोस्रो चरणमा ट्रयाल गर्न लागिएको हो ।

दोश्रो चरणमा अहिलेसम्म कोरोना भाइरसविरुद्धका खोपहरुको मान्यता कमै मात्रले पाएका छन् ।

अक्सफोर्डका शोधकर्ताहरुले यस खोपको दोस्रो र तेस्रो तहको ट्रायल एकैपटक गर्न लागेको जानकारी दिएका छन् । यस ट्रायलमा विभिन्न उमेर समुहका मानिसहरुको सहभारी रहने बताइएको छ ।

ब्राजिलको स्वास्थ्य नियमन संस्था अन्भिसाले ईङल्याण्डमा पहिलो चरणको ट्रयाल सफलतापूर्वक सम्पन्न भएकोले दोस्रो चरणको ट्रयालको लागि ब्राजिलमा अनुमति दिइएको स्पष्ट गरेको छ ।

ब्राजिलको साओ पाउलो विश्वविद्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो खोपको ट्रयालका लागि २ हजार स्वयंसेवक भर्ना गरिने छन्, जसमा एक हजार जना कोरोना भाइरसविरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका र कोरोना संक्रमित नभएका स्वास्थ्यकर्मी रहनेछन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?