काठमाडौं । नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा एकैपटक ठुलो संख्यामा कोरोना पुष्टि भएको हो । उनीहरु दैलेख र मुगुका रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैलेखका १०५ जना पुरुष र १ जना मुगुका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।
हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया