चीनका राष्ट्रपति शी जिनपिङकी छोरी किन गुपचुप छिन् ?

काठमाडौं । चीन विश्वमा शक्तिशाली देशहरुमध्यको एक हो । यसको सत्ता पछिल्ला केहि दिनमा राष्ट्रपति शी जिनपिङले सम्हाल्दै आएका छन् । तर उनी आफ्नो पर्सनल लाइफ एकदमै सुरक्षित राख्छन् ।

उनी हरेका चिनियाँ खबरहरुको बारेमा नजर राख्छन् । त्यसैले उनकी छोरी ी मिंगजे सञ्चारमाध्यममा कमै मात्र सार्वजनिक हुन्छिन् ।

उनकी छोरी राजनीति जीवनबाट धेरै टाढा छिन् । उनी एक लो प्रोफइल जीवन व्यतित गरिरहेकी छन् ।

उनी सन् २०१२ मा पहिलोपटक चर्चामा आएकी थिइन् । त्यसबेला उनको खबर अमेरिकी मिडियामा प्रकाशित भएको थियो ।

जसमा लेखिएको थियो, उनी चुपचाप हावर्ड युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् । त्यसपछि सन् २०१५ मा उनी सार्वजनिक रुपमा देखिएकी थिइन् ।

त्यो भन्दा अगाडि सम्म सामाजिक सञ्जालमा उनका एक दुई वटा मात्र तस्वीर पाइन्थे ।

मिंगजेले हावर्ड सोइकोलोजी र अंग्रेजीमा ग्रेजुएशन गरेकी छन् । भनिन्छ अहिले उनी चीन र अमेरिकाबीचको तनावका कारण स्वदेश फर्किएकी छन् ।

उनको जन्म २७ जून सन् १९९२ मा भएको थियो । उनी राजनीति भन्दा धेरै फेशनामा रुची राख्छिन् ।

उनले हावर्ड युनिभर्सिटीबाट शिक्षा लिएकी छन् । शी जिनपिङ छोरी मिडियामा आओस् भन्ने चाहँदैनन् । उनकी आमा पेंग लियुआन एक चर्चित गायिका हुन् ।

मिंगलाई चाइनिज बाहेक फ्रेन्च र अंग्रेजी भाषा आउँछ । उनी अध्ययनमा एकदमै रुची राख्दछिन् । उनी’आफ्नो बुवाको बारेमा एक किताव लेख्न चाहान्छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?