चीनको आन्तरिक मामिलामा नेपालले बोलेको विषय विवादित

चीनले हङकङ लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर विश्वभर आवाज उठिरहेको बेला नेपालले चीनको पक्षमा मुख खोलेको छ। नेपालले ‘एक चीन नीति’ दोहोर्या‍उँदै हङकङ मामिलामा चीनले गरेको प्रयासको पूर्ण समर्थनसमेत गरेको छ।

चीनको आन्तरिक मामिलामा नेपालले बोलेको विषय अहिले विवादित बनेको छ। कुनै बेला बेलायत र केही समय जापानको उपनिवेश रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको महत्वपूर्ण अंग हो।

यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणालीको अभ्यास भइरहेको छ। तर, त्यो बेइजिङलाई सैह्य छैन। विदेश र रक्षा नीतिबाहेकमा चीनले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। त्यही सम्झौताको आधारमा २२ वर्ष अघि बेलायतबाट हङकङ चीनको यो प्रणालीमा रहेको हो। तर, पछिल्लो समय हङकङको सबै प्रावधान कटौती गर्दै लैजाने नीतिअनुरुप चीन अघि बढेकाले त्यहाँ भइरहेका संघर्षप्रति शक्ति राष्ट्रहरुले चासो देखाइरहेका छन्। राजनीतिक दबाबको कारण उक्त वक्तव्य बाहिर आएको पनि परराष्ट्र अधिकारीले प्रतिक्रिया दिएका छन्।अन्नपूर्णमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?