प्रधानमन्त्री ओलीको विज्ञसँगको छलफल सकियो, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसँगको बैठक सकिएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरेका छन् ।

करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बैठकमा अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरू लगायत विभिन्न क्षेत्रका २५ जना विषय सहभागिता रहेको थियो ।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेको आज ७२ दिन बितिसकेको छ । यस अवस्थामा सरकारले विज्ञहरुसँग छलफल गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने गृहकार्य गरिरहेको छ । छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?