हेर्नुहोस् २०७७ साल जेठ २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ २२ गते । बिहीवार । इ.स.२०२० जुन ०४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने।सं। ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– त्रयोदशी,०५ बजेर १० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– विशाखा,१८ बजेर ३२ मिनेट उप्रान्त अनुराधा । योग शिब,२३ बजेर ५३ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,०५ बजेर १० मिनेट उप्रान्त गर, १६ बजेर ०५ मिनेट उप्रान्त वणिज ।

आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–तुला,१२ बजेर ५३ मिनेट उप्रान्त वृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५५ मिनेटमा । दिनमान ३४ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ती तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ ।

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिर नै ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुको लागि समय उत्तम रहेको छ ।

मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यवसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यायालयबाट न्याय पाउन कठिन रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । कृषि तथा पशुपालनमा लागनी बढाई धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अरुकै काममा समय व्यतित हुँदा आफ्नो कामभने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

अध्य व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सिकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा मिष्ठान्न भोजनका साथ दिन व्यतित हुनेछ । मध्यान्हबाट आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ ।

छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट,शाहस तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम अरुकै हातमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलव्धी मुलक काम गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ ।

अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् ।

प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ । बिहानको मध्यम रहेकोले काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

मध्यान्हबाट काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सााथीभाई,बन्धुवान्धव तथा ईष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिहानको समय राम्रो रहेकोले तारिफ योग्य काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

मध्यान्हबाट समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक तथा परोपकारी काममा मन जानेछ । व्यापारमा खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ ।

बिहानको समय मध्यम रहेकोले भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। आफन्त तथा दिदिबहिनीसँग राय बाजिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?