लकडाउनको मोडालिटी परिवर्तन गरिने, प्रधानमन्त्री ओली विज्ञहरुसँग छलफलमा

काठमाडौं । सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ ।

पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ ।

यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?