नेपालमा थप १२ जनाले जिते कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २ सय ७८ जना पुगेको छ । जनकपुरकबाट ५ जना डिस्चार्ज भएका छन् ।

उनीहरु मध्ये १ जना २० वर्षिया महिला र १९ देखि ४० वर्षिय पुरुष रहेका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ११ औं देखि १६ दिनमा डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै, काठमाडौंको टेकु अस्पतालबाट १ जना ६९ वर्षिय पुरुष डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमण देखिएको ९ औं दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी काठमाडौंकै बलम्बुबाट रौतहटका ३४ वर्षिय पुरुष डिस्चार्ज भएका छन् । उनी कोरोना संक्मण भएको १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

काठमाडौंको त्रि वि शिक्षण असपतालबाट कपिलवस्तुकी ६ वर्षिया बालिका १९औं दिनमा डिस्चार्ज भएकी छिन् ।  साथै, बुटुवलबाट ४ जना डिस्चार्ज भएका छन् । उनीहरु अर्घाखाँची र कपिलवस्तुका १८ देखि २४ वर्षसम्मका र कोरोना संक्रमण भएको १० देखि २५ दिनमा डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रादेशीक विवरण
प्रदेश नं १ : ४८जना
प्रदेश नं २ : १०९ जना
वाग्मती प्रदेश : ३१ जना
गण्डकी प्रदेश : ३ जना
प्रदेश नं ५ : ८० जना
सुदुरपश्चिम प्रदेश : ७ जना

 

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

 कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपालमा एकैपटक २०१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २३ सय पुग्यो

नेपालमा आज (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको मृत्यु भएको छ भने २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि हिजो (मंगलवार) एकैपटक नेपालमा २८८ जना कोरोना संक्रमित फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?