कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?