फ्लोयड हत्या प्रकरण : चेल्सीका खेलाडीद्वारा मैदानमा घुँडा टेकेर विरोध

काठमाडौं । अमेरिकामा एक अश्वेत नागरिक जर्ड फ्लोयडको पुलिस कस्टडीमा मृत्यु भएपछि इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले विरोध जनाएका छन् ।

चेल्सीका खेलाडीले मंगलबार फ्लोयड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् । यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए ।

अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ ।

अमेरिकाको हिंसा उग्र हुँदै : प्रर्दशनकारीले राष्ट्रपति निवासमा ढुंगा हाने, राष्ट्रिय झण्डा जलाए

अमेरिकामा जर्ज फ्लोयडको हत्याको घटनालाई लिएर सुरु प्रदर्शन अझै रोकिएको छैन । बरु अझ उग्र हुँदै गएको छ ।
प्रदर्शनको केन्द्र मानिएको मिनेसोटा सहरमा प्रदर्शन अझै उग्र बनेको छ । यो त्यहि ठाउँ हो जहाँ जर्ज फ्लोयडको हत्या भएको थियो ।

आइतबार रातिसम्म विभिन्न सहरमा कर्फ्यू तोड्दै युवाहरुले प्रदर्शन गरेका छन् । अमेरिकीराष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्दै ह्वाइटहाउस अघि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । वासीङ्टनमा ठूलो संख्यामा एकत्रित भएका प्रदर्शनकारीहरुले ह्वाइट हाउसको बाहिर नाराबाजी गरिरहेका छन् ।
विभिन्न सहरमा मानिसहरुले ट्रम्प विरुद्ध जुलुस निकालेका छन् । उनीहरुले राष्ट्रिय झण्डा समेत जलाएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनले ती युवाहरुलाई ‘आतंकवादी’ भनेर टिप्पणी गरेका छन् । आन्दोलन दबाउन सरकारले कम्तिमा १ हजार ७ सय प्रहरी तैनाथ गरेको छ ।
मिनेसोटामा प्रदर्शनकारीले अमेरिकी राष्ट्रिय झण्डामा आगजनी समेत गरेका थिए ।

४० सहरमा कर्फ्यू
अमेरिकी सरकारले भने मिनेसोटासहित विभिन्न ४० सहरमा कर्फ्यू लगाएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सीm एट्लान्टा, सिकागो, डेनबर्ग लगायत स्थानमा सरकारले कर्फ्यू लगाउनुका साथै सुरक्षा निगरानी कडा बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ४ हजार १ सय प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो
कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ । एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ ।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ । चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ ।

घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिएका छन् । उनले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताएका छन् ।

आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका थिए। ह्वाईट हाउसको आसपास स्थित ऐतिहासिक सेन्ट जोन एपिस्कोपल चर्चमा पनि प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो ।

भएको के हो ?

अमेरिकाको मिनेपोलिसमा अफ्रिकीमूलका एक अमेरिकी अश्वेत व्यक्तिलाई पुलिस हिरासतमा मृत्यु भएको थियो । पुलिसले उक्त अश्वेत व्यक्तिलाई मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अश्वेतको मृत्युपछि मिनेपोलिस सहित अमेरिकाका ४० शहरमा हिंसा भड्किएको छ ।

प्रदर्शनकारीहरुले प्लाष्टिकका बोतलमा पानी भरेर पुलिसलाई हिर्काईरहेका छन् । सडकमा राखिएको सवारीम उनीहरुले तोडफोड गरेको भिडियाने क्लिप्स भाइरल बनाईएको छ ।

पुलिसले स्थिती नियन्त्रण गर्नका लागि अश्रु ग्याँसको प्रयोग गरेको छ । साथै प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिक रहेको शेवरलेटका गाडीहरुमा आगो लगाईदिएका छन् । उक्त गाडीहरु पुलिस तथा विशेष सेवाका लागि अधिकारीहरुले प्रयोग गर्ने गर्दथे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १४ सय भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिनेपोलिसमा २६ मेको दिन जर्ज फ्लोयड नामका एक व्यक्तिलाई पुलिसले धोका दिएको आरोपमा गिरफ्तार गरेको थियो ।

एक पुलिस अफिसरले सडकमा आफ्नो घुँडाले उनको घाँटीमा करिव ८ मिनेटसम्म थिचेका थिए । जसका कारण उनको मृत्यु भएको थियो ।

त्यसपछि उक्त भिडियो भाइरल बन्यो । भिडियोमा ४० वर्षका जर्जले अफिसरसँग नमार्न आग्रह गरिरहेको देखिन्छ ।

अमेरिकाका मिनीपोलिसमा उक्त श्वेत पुलिस अधिकारीलाई शुक्रवार गिरफ्तार गरिएको छ ।

उनलाई थर्ड डिग्री हत्या र मानव हत्याको अरोप लागेको छ । फ्लोयडको मृत्यु पछि अमेरिकामा हिंसात्मक प्रदर्शन भईरहेको छ ।

 

 

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?