रावणको मृत्यु पछि उसको शवलाई के गरियो ?

काठमाडौं । रामायण हामीले स्वयं पनि पढेका होलाउँ, वा घरमा आफूभन्दा ठूलो व्यक्तिबाट सुनेका होलाउँ ।

भगवान श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो । यस भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन विभीषणलाई दिइयोको थियो ।

रावणको वध पछि आखिर उसको शवलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।

रावणको ‘ममी’सँग सम्बन्ध के ?

यो कुराको जवाफ श्रीलंका सरकार र केहि मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ ।

भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैगरि रावणको शव पनि राखिएको छ ।

रावणको मृत्यु पश्चाद् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको शवको किन भएन अन्तिम संस्कार ?

भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहाँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।

त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?

रागलाको जंगmमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् ।

त्यहाँ विषालु सर्पहरु रहेको पनि विश्वास गरिन्छ । केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?