काठमाडौं । कोरोना जोखिम न्यूनिकरणको लागि जुम्लामा ३ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।
बुधवार(आज) बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार भारतबाट मानिसहरु धमाधम फर्किन थालेपछि कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी गरिएसँगै अति आवश्यकीय बाहेकका काममा बाहिर निस्कन नपाइने बताइएको छ ।
बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामाग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुने सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया