कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ८२ हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने ६४ लाख ८५ हजार ५७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३० लाख १० हजार ६९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ८ हजार ५९ जनाको मृत्यु भईसकेको छ भने १८ लाख ८१ हजार २०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ४५ हजार ९७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख ५८ हजार २३७५ जनालाई संक्रमण भएको छ भने ३१ हजार ३०९ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २ लाख ४० हजार ६२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५६९ जना नयाँ संक्रमित थपिएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ३७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २३ हजार ७४१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८६ हजार ९८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ३६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७७ हजार ९८५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ५३० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ५१५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६० हजार ९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ९४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८९ हजार २२० जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार ८१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६७४ जनाको मृत्यु भएको छ भने १ लाख ८४ हजार ९१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६६ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८२९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७ हजार १९१ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख २८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५८५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ५५५ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २९ हजार ९२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ७६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७४ हजार ८८४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६९ हजार २५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९४२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ५६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २३ हजार ७७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ३९५ जनाको मृत्यु भईसकेको छ भने ९२ हजार ४१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५० हजार ३५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १० हजार ६३७ जनाको मृत्यु भईसकेको छ भने ९७ हजार ३२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४७० जनाको मृत्यु भईसकेको छ भने आजै ३ हजार ८९१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ७० हजार ३०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज कोरोना संक्रमणका कुनै पनि केस देखिएका छैनन् । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ६२१ जनाको मृत्यु भईसकेको छ भने ७६ हजार ३९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५०५ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ६१५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ९३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९६७ जनाको मृत्यु भएको छ भने ४६ हजार ६४७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा ५५३ जनाको मृत्यु भएको छ भने ६ हजार३९४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?