२१ जेष्ठ २०८०, आईतवार

लेखा समितिद्वारा बूढीगण्डकी गेजुवालाई दिनुका कारण माग

२०७४,आश्विन,५,बिहीवार ००:५१

0
Shares

काठमाडौँ, ५ असोज- १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ, कान्तिपुरमा खबर छ ।गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपीसी एन्ड एफ) मोडलमा दिने निर्णय गरेलगत्तै अध्ययन गरिरहेको लेखा समितिले आधार र कारणसहित अन्य सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।‘१२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना इपीसीएफ मोडेलमा कार्यान्वयन गर्ने चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गर्नुपूर्वका निर्णय, सम्झौता पश्चातका निर्णय, सम्झौता गर्नुपर्ने आधार र कारणलगायतका सम्पूर्ण कागजात २०७४/०६/०८ सम्म समितिमा आइपुग्ने गरी उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ, ‘र यस विषयमा समितिको अर्को बैठकमा प्रधानमन्त्री, ऊर्जामन्त्री, नेपाल सरकारका मुख्य सचिव र ऊर्जा मन्त्रालयका सचिवलाई आमन्त्रण गरी छलफल गर्ने ।’धादिङ र गोरखामा अवस्थति यो आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपीसी एन्ड फाइनान्स) मोडमा बनाउने गरी चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई निर्माणको जिम्मा दिइएको हो । 

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ००:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१