सीमा हेर्न सशस्त्र प्रहरीको छुट्टै गण

सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ ।
अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो ।
हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी) परिचालन हुँदै आएको छ ।
सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ ।
सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?