बैतडीको पुचौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए ।
उनीहरु तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टिमा राखियो । सोमबार साँझ २२ वर्षीया सुनिताले तीन पटक भित्रबाहिर गरिन् । कोठामा आएर छटपटाइन् । केहीबेरमै उनको ज्यान गयो ।
आजको कान्तिपुर दैनिक लेख्छ–एक वर्षदेखि मुटुको बिरामी रहेकी उनको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो । काठमाडौंस्थित शहिद गंगलाल हृदयरोग केन्द्रका चिकित्सकको सिफारिसमा उनले औषधि खाँदै आएकी थिइन् ।
‘भारतबाट काठमाडौं उपचार गराउने सोचेर फर्केका थियौं’, हरिशले भने, ’, हरिशले भने, ‘दिनको ३ पटक खाने औषधि १२ दिनअघि नै सकिएको थियो, औषधि नपाएरै ज्यान गयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया