कतारबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्यायो यस्तो नियम

काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण कतारबाट नेपाल आउने नागरिकका लागि ७ अवस्थामा वर्गीकरण गरेको छ । सोही वर्गीकरणको आधारमा उनीहरु नेपाल फर्किन पाउनेछन् ।
कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भएको हो ।
त्यसैगरी क्रमशः भिजिट अथवा बिजनेश भिसामा रहेका व्यक्ति‚ श्रम अवधी सकिएका वा रोजगारी गुमाएका श्रमिक र कतार आइडी समाप्त भएका वा आइडी नै नलागेका वा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले नेपाल ल्याउने भएको छ।
विज्ञप्तिमा के–के विषय उल्लेख छन् हेर्नुहोस्ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?