खुकुरी प्रहारबाट एक जना घाइते

काठमाडौं । दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?