जर्ज फ्लोयडको बारेमा बोले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा

काठमाडौं । कोरोना भाइरुसको महामारीका बीच जर्ज फ्लोयडको मृत्युले अमेरिकाकोको अवस्था तहसनहस बनेको छ ।

अमेरिकाका करिव १४० शहरमा अहिले आन्दोलन भईरहेका छन् । यसलाई लिएर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले यस घटनाको निन्दा गरेका छन् ।

उनले प्रदर्शनकारीहरुले आफ्नो समस्याहरुको राजनीतिक समाधानको आह्वान गरेका छन् ।

उनले आन्दोलनकारीहरुलाई सम्बोधन गर्दै  विरोध प्रदर्शन पुलिस प्रणाली र कानून व्यवस्थाको विफलता दर्शाउने भन्दै निन्दा गरेका छन् । उनले भने, ‘हामीले हिंसाको सहारा लिनेहरुको निन्दा गर्नुपर्दछ ।’

पूर्व राष्ट्रपति ओबामाले भने, ‘हामीले विरोध गरेर जनतालाई जागरुक गर्न सक्छौँ । त्यसका साथै अन्यायमा प्रकाश हाल्न सक्छौँ ।’

आकांक्षाहरुको विशिष्ठ कानून र संस्थागत प्रथाहरुमा बदल्न आवश्यक रहेको छ । उनले आम मानिसहरुलाई सम्बोधन गर्दै पुलिसले आफ्ना नियममा सुधार गर्नुपर्ने बताएका छन् ।

यो भन्दा पछिका पीढीहरुले सरकारको पुरा सुविधा मिलोस् भन्नका लागि पुलिसहरुले आफ्नो गल्ती सच्याएर माफी माग्नउनले बताएका छन् ।

अमेरिकाका विभिन्न शहरमा आन्दोलनमा उत्रिएका ४ हजार भन्दा धेरै मानिसहरुलाई गिरफ्तार गरिएको छ ।

मिनियापोलिस शहरमा पुलिस हिरासतमा ४६ वर्षका अफ्रीकी अमेरिकी जर्ज फ्लोयडको पुलिसले हत्या गरेको थियो ।

२५ मेदेखि त्यहाँका विभिन्न शहरमा विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीहरुसँग लड्नको लागि सेना परिचालन गर्ने संकेत

त्यस्तै अमेरिकामा जारी हिंसालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको जवाफीका लागि सेना परिचालन गर्ने बताएका छन् ।

यो प्रदर्शन न्यायसंगत नभएको बताइएको छ । हिंस्रक प्रदर्शन रोक्न र देशको सम्पत्तीको रक्षा गर्नको लागि वाशिंगटनमा हजारौँ शसस्त्र बलको लागि सेना तैनाथ गरिने धम्की दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?