काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ५ दिनभित्र कर तिर्नु भनि दिएको निर्देशनमा असन्तुष्टि जनाएका छन् । मंगलवार एक सूचना जारी गर्दै आन्तरिक राजस्व बिभागले जेठ २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ ।
त्यस कुरालाई इंगित गर्दै थापाले अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भन्ने मात्र किताब पढेको आरोप लगाएका छन् ।नेता थापाले २ महिना लकडाउनमा राखेर कर तिर्न दिएको आदेशको विरोध समेत गरेका छन् । उनले भनेका छन्, “अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !!”
अर्थमन्त्री डा युवराज खतिवडालाई विद्धानको संज्ञा दिँदै नेता थापाले कर तिर्ने कार्यालयमा लाइनमा बस्दा चाँही कोरोना संक्रमणको डर नहुने रहेछ ? भन्दै प्रश्न गरेका छन् ।
https://www.facebook.com/thapagk/posts/3127417570635467
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया