सुर्खेत । मंगलवार सुर्खेतमा उद्योग वाणिज्य संघ र प्रशासनबिच दोहोरी चलेको छ । सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सबै पसलहरू खुल्ने विज्ञप्ति निकालेको केही घण्टामै प्रशासनले उक्त निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएको हो ।
मंगलवार सुर्खेत उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै भोलिदेखि शनिवारबाहेक बिहान १० बजेलेखि दिउँसो ३ बजेसम्म वीरेन्द्रनगरमा सबै पसलहरू खुल्ने जनाएको थियो ।
तर सुर्खेत प्रशासनले तोकिएका तरकारी, फलफुल, ग्यास र खाद्यान्न लगायतका पसल बाहेक अन्य पसलहरू नखोल्न चेतावनी दिएको हो। यसबारे उद्योग वाणिज्य संघसंग छलफल गरिने सुर्खेत प्रशासनले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया