काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले पुरानो साथीबाट मित्रवत् व्यवहार सिक्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा कुकुरले पर्खालमा चढि छिमेकीको घरको अर्काे कुकुरसँग खेलिरहेको तस्वीर सार्वजनिक गर्दै उनले पुरानो साथीबाट मित्रवत् व्यवहार सिक्न आग्रह गरेका हुन् ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल भारतको सन्दर्भमा उनी लक्षित विभिन्न आरोप प्रत्यारोप भइरहेको छ । जहाँसम्म डा भट्टराइले पुरानो मित्र भारतलाई भन्न खोजेको बुझिएको छ ।

केही दिन अघि रुकुम-चौरजहारी घटनाका विषयमा संसदमा आफ्नो मत राख्दै उनले आफ्नो थर परिवर्तन गरी विश्वकर्मा(कामी) राख्ने घोषणा समेत गरेका थिए । यसै विषयलाई लिएर सामाजिक सञ्जाल एवम् आम मानिसहरुले आलोचना गरिरहेका छन् । कतिपयले उनको कुरालाई सकारात्मक भनेका छन् भने कतिपयले उनको कुरामा थर नभइ मानसिकता परिवर्तन गर्न सुझाव समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया