१३ आश्विन २०८०, शनिवार

५० हजार अमेरिकी डलर सहित चिनियाँ महिला पक्राउ

२०७४,आश्विन,४,बुधबार १३:१५

0
Shares

रसुवा, ४ असोज ।प्रहरीले ५० हजार अमेरिकी डलर सहित एक चिनियाँ महिलालाई पक्राउ गरेको छ । रसुवा केरुङ सडकखण्ड अन्तर्गत टिमुरे भन्ने स्थानमा नियमित चेकजाँचका क्रममा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लि लिवाङ नामकि चिनियाँ महिलालाई पक्राउ गरेको हो । उनको साथबाट १ सयको ४ सय ३५ थान र ५० को १३० थान गरि ५० हजार अमेरिकी डलर बरामद गरिएको शसस्त्र प्रहरीका डिएसपी प्रकाश वाग्लेले लोकपथलाई बताए । महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडले बेरेर प्लाष्टिकको बट्टामा लुकाएर लैजादै गरेको डलर शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित चेकजाँचका क्रममा बरामद गरेको शसस्त्रका डिएसपी वाग्लेले बताए ।प्रक्राउ परेकि चिनियाँ महिलालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीले हिरासतमा राखेको छ ।चिनसँग सिमा जोडिएको उक्त क्षेत्रमा पछिल्लो समय अवैध डलर र सुन तस्करी बढिरहेको छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा रहेका २२ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०