काठमाडौं । कोरोना भाइरसको महामारीबाट मानिसहरु पहिल्यै देखि हैरान छन् ।
यस्तो अवस्थामा इबोला भाइरसको प्रकोप शुरु भएको छ । जसका कारण सबै हैरान भएका छन् । कंगोमा इबोला भाइरसका ६ नयाँ केस देखिएको छ ।
जसमध्ये ४ जनाको मृत्यु भईसकेको छ । यसको पुष्टि विश्व स्वास्थ्य संगठन स्वयंले नै गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोसले कंगोको स्वास्थ्य मन्त्रालयले इबोला भाइरसको बारेमा जानकारी दिएको बताएका छन् ।
कअहिले जुन शहरमा इबोला भाइरसको संक्रमण देखिएको छ, त्यहाँ कोरोना भाइरसको कुनै पनि मामिला अहिलेसम्म देखिएको छैन ।
कंगोका स्वास्थ्य अधिकारीहरुका अनुसार पश्चिमी शहर मबंडाकामा इबोला भाइरसका ६ नयाँ केस देखिएको छ । ति मध्ये ४ जनाको मृत्यु भईसकेको छ । सन् २०१८ पछि दोश्रो पटक कंगोमा इबोला भाइरसका नयाँ केस देखिएका हुन् ।
के हो इबोला भाइरस ?
इबोला भाइरस अफ्रीकाका उष्णकटिबन्धिय वर्षावनमा पाइने क्षेत्रीय रोग हो । मानिसमा यसको संक्रमण चिम्पान्जी, चमेरो र हरिण आदि संक्रमित जीवको सम्पर्कबाट हुने गर्दछ ।
यो बाहेक संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थको सम्पर्कका कारण पनि यो फैलिने गर्दछ ।
यस रोगको लक्षण भनेको अचानक खोकी लाग्नु, मांशपेशीहरु दुख्नु, घाँटीमा खसखस हुनु जस्ता लक्षण देखा पर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया