काठमाडौं – नुवाकोटमा आज मंगलवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नुवाकोटमा कुल संक्रमितको संख्या ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नुवाकोटमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार आज नुवाकोटमा फेला परेका कोरोना संक्रमित मेघाङ गाउँपालिकाका ५ का वर्ष १८ र ३२ वर्षका पुरुष हुन् । भारतबाट सुनौलि नाका हुँदै यही जेठ १४ गते नेपाल आएका २ जना मेघाङ गाउँपालिका ५ का हुन् ।
ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेको ३५ जना मध्ये ८ जनाको जाँच गर्दा २ जनाको कोरोना पोजेटिभ देखिएसँगै उपचारको लागि त्रिशूली अस्पतालको आइशोलेशनमा राख्न ३ ३० मा सामरीबाट एम्बुलेन्समा ल्याउन थालिएको नुवाकोटस्थित स्रोतले जनाएको छ ।
नेपालमा फेरी थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो
नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तो छ आज थपिएकाहरुको वृस्तित विवरण
आज २ सय ८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २७० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा ३८ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै रौतहटका रहेका छन् । प्रला, गौर, यमुनामाई, राजदेवी नगरपालिकाका रहेका छन् । जसमध्ये एक ८ वर्षीय बालिकासहित अन्य १३ देखी ६० वर्ष उमेरका पुरुषहरु रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा १० जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये स्याङजा चापाकोटका ५ जना १० देखि ४० वर्ष उमेर समुहका पुरुषहरु, त्यस्तै पर्वतको फलेवास, महाशिलाको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १ जनाको कोरोना पोजेटिभ आएको छ । उनी सप्तरी रामघटका २० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये बर्दिया गुलरियाका ३ जना २० देखि ३४ वर्ष उमेरसमुहका पुरुष, बाँके खजुरा नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका १७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा गरिएको परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सुर्खेत विरेन्द्रनगर, लेकबेसी, पञ्चपुरी र भेरिगंगाका गरी २७ जनामा कोरोना पोजेटिभ आएको छ । ८ वर्षीया बालिकासहित ३ महिला र ४ वर्ष उमेरका बालकसहित अन्य ६१ वर्ष उमेर समुहका २४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दैलेखका ९ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु १७ देखि ३१ वर्ष उमेरका रहेका छन् । नारायणपुर, चमुन्डाबिन्दासैनी र नौमुले गाउँपालिकाका रहेका छन् ।
त्यस्तै सल्यानका बनगाडकुपिन्डे र दार्मा गाउँपालिकाका १८ जना १७ देखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै अछाम चौरपाटी र मंगलसेनका १० जना रहेका छन् । जसमध्ये २७ र ३० वर्षीय महिला र अन्य २२ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना पोजेटिभ आएको छ । उनी बारा देबतालका १ जना १८ वर्ष उमेरका पुरुष रहेका छन् ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङमा गरिएको परीक्षणका क्रममा दाङ बग्लाचुली गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका १७ जना रहेका छन् । उनीहरुमध्ये ११ वर्षदेखी ३५ वर्ष उमेर समुहका महिला तथा १८ देखि ५४ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै स्वर्गद्वारी नगरपालिका प्यूठानका १ जना ५९ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये कंचनपुर नगरपालिका र पुनर्वास नगरपालिकाका ८ जना २८ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै कैलालीको टिकापुर नगरपालिका, गौरीगंगा गाउँपालिकाका राजिपुर क्वारेन्टाइनमा रहेका १० जना रहेका छन् । उनीहरुमध्ये १ जना १८ वर्षीय महिला र २० देखि ६३ वर्ष उमेर समुहका अन्य ९ जना पुरुषहरु रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ सय १८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषा हंशपुर धौली गांगुलीका ६ जना १५ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
महोत्तरी रामगोपालपुरका २ जना २४ र ४५ वर्षीय पुरुषहरु, रौतहट दुर्गा भगवती राजपुर फर्दवा गढिमाइ क्वारेन्टाइनमा रहेका ३६ जनामा पनि कोरोना पुष्टि भएको छ । १२ वर्षका बालकदेखि ४८ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै सर्लाही बलरा ब्रामपुरी क्वारेन्टाइनमा रहेका २१ जना १३ वर्षीय बालकदेखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै सिरहा सुर्य नारायण सत्य नारायणका १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४२ वर्ष उमेर समुहका सबै पुरुष रहेका छन् ।
त्यस्तै गरी भक्तपुर चाँगुनारायणका एक जना ३० वर्षीया महिला, धादिङ घर भएकी एक जना २३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनी परोपकार प्रसुतीगृहमा उपचाररत रहेकी छिन् ।
त्यसैगरी कपिलवस्तु चन्द्रौटाका १६ जना रहेका छन् । १९ देखि २८ वर्षका ३ जना महिला र १७ देखी ४१ वर्ष उमेर समुहका अन्य पुरुषहरु रहेका छन् ।
त्यस्तै काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ देखि ३२ वर्ष उमेरका ३ जना महिला र एक जना २८ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी गुलिङटार गाउँपालिकाका एक जना १६ वर्षीय पुरुष, नवलपरासी पश्चिम रामग्रामका एक २२ वर्षीय पुरुष, नुवाकोट मेघाङका २ जना १७ र ३२ वर्षीय पुरुष र रुपन्देही सैनामैनाका १० जना १५ देखि ५१ वर्ष उमेर समुहका सबै पुरुष रहेका छन् ।
धादिङकी एक महिलामा कोरोना संक्रमण पुष्टि
धादिङमा आज (मंगलवार) १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या २ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धादिङ स्थायी घर भएकी २३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनी परोपकार प्रसुती अस्पतालमा उपचाररत थिइन् । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।
पर्वतमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
पर्वतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पर्वतमा पहिलोपटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज पर्वतमा फेला परेका कोरोना संक्रमितहरु पर्वतको फलेवास, महाशिलाको क्वारेन्टाइनमा रहेका वर्ष १९ देखि ४० उमेरसमुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
कति भयो परीक्षण ?
आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ रसुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको उनले बताए ।
क्वारेन्टाईनमा बस्ने बढे, अधिकाशं भारतबाट आएका
अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेको मन्त्रालयले जनाएको छ ।
आईसोलेसनमा कहाँ कति छन् ?
प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्युठानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
प्युठानमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्युठानमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज प्युठानमा फेला परेका कोरोना संक्रमित स्वर्गद्वारी नगरपालिका प्युठानका ५९ वर्षीय एक पुरुष रहेका छन् ।
नेपालमा थप ४५ जनाले जिते कोरोना
नेपालमा थप ४५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या २६६ पुगेको हो ।
यस्तो छ डिस्चार्ज हुने २२६ जनाको प्रादेशीक विवरण :
प्रदेश नं १ मा – ४८ जना
प्रदेश नं २ मा – १०४ जना
वाग्मती प्रदेशमा – ३० जना
गण्डकी प्रदेशमा – ३ जना
प्रदेश नं ५ मा – ७४ जना
सुदुर पश्चिम प्रदेशमा – ७ जना
भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि
भक्तपुरको चाँगुनारायणकी ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या ५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया