काठमाडौं । धादिङमा आज (मंगलवार) १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या २ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धादिङ स्थायी घर भएकी २३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनी परोपकार प्रसुती अस्पतालमा उपचाररत थिइन् । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८ जनाको मृत्यु भईसकेको छ भने २६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा ४५ जना कोरोना संक्रमण पछि निको भएर घर फर्किएका छन् ।
यसैबीच हिजो (सोमवार) मात्रै नेपालमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया