६ वर्षीय बालक, जसले ठूला अभिनेताहरुलाई पनि पछारे

काठमाडौं ।  फिल्ममा सिक्स प्याक एब्सवाला एक्टर धेरै देखिन्छन् । फिल्ममा देखिएका एक्टरहरुको सिक्स प्याक एब्स देख्दा हामीलाई लाग्छ, हाम्रो पनि त्यस्तै भईदिएको भए ।

सिक्स प्याक एब्स बनाउनु सजलो भने पक्कै छैन । त्यसका लागि सही ट्रेनिङ लिन आवश्यक छ । साथै धेरै मिहेनत गर्न आवश्यक छ । तर यी सबका बीच एक ६ वर्षीय बालकले त्यसलाई टक्कर दिएका छन् । जसले सिक्स प्याक एब्समा नाम चलेका हिरोहरुलाई पनि पछारेका छन् ।

फुटबल स्टार मेसी जस्तो बन्न चाहन्छन्

६ वर्षका आरत होसनी इन्स्टाग्राम स्टार र सोकर प्लेयर हुनुका साथै जिम्नास्ट पनि हुन् । उनलाई धेरैजसो मानिसहरु त महिला ठान्ने गर्दछन् ।

उनी ईरानको बाबोल शहरमा बस्छन् । आरत आफ्नो सिक्स प्याक एब र सोकरका कारण सोसल मिडियामा स्टा बनिसकेका छन् र अब उनी फुटबल स्टार मेसी जस्तो बन्न चाहान्छन् ।

९ महिनामा शुरु गरेका थिए जिम्नास्टिक

आरतका पिता मोहम्मदले उनको ट्रेनिङ काफी कम उमेरमा शुरु गराएका थिए ।

आरतले ९ महिनाको उमेरबाट नै जिम्नास्टिक गर्न शुरु गरेका थिए भने दुई वर्षको उमेरसम्म उनी अन्तर्राष्ट्रिय मिडियामा चर्चा कमाइसकेका थिए । उनलाई सोकर खेल्न अत्याधिक मन पर्दछ, तर उनी चर्चामा भने आफ्नो बडीका कारण आएका हुन् ।

इन्स्टाग्राममा मिलियन फलोअर्स

आरतको जन्म इंग्ल्याण्डको लिभरपुलमा भएको थियो । अब उनी लिभरपुल एकेडेमीमा स्पोर्टस ट्रेनिङ लिँदैछन् ।

सोसल मिडियामा आरतका फ्यान फलोइङ धेरै रहेका छन् । मात्र इन्स्टाग्राममै उनका ४ मिलियन फलोअर्स रहेका छन् ।

उनका हरेक पोस्ट मिलियन भन्दा धेरै लाइक आउँछ ।

तीव्र दरले बढे फलोअर्सआरतका पिताका अनुसार छोरोमा अनौठो प्रतिभा देखेपछि नजिकका मानिसहरुले उनलाई एक इन्स्टाग्रममा पेज बनाउन लगाए । पेज बने लगत्तै फलोअसैहरु पनि तीव्र गतिले बढ्न थालेका थिए ।

पितालाई लागे केहि आरोप

आरतका पितामाथि केहि पटक आफ्नो छोरोलाई पैसा कमाउनका लागि यस्तो गरेको आरोप समेत लाग्यो । उनले सबैलाई मैले आफ्नो छोरोको जिम्मेवारी पुरा गरेको जवाफ दिँदै आएका छन् ।

उनी ढोकामा पनि चढ्छन्

आरत ढोकामा चढ्ने कलामा पनि पोख्त छन् । अब उनको सपना ठूलो भएर बार्सिलोनाको क्लबबाट फुटबल खेल्ने रहेको छ ।

उनलाई मन पर्ने खेलाडी लियोनेल मेसी हुन् । उनी मेसीको जस्तै गरि खेल्न चाहन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?