यसरी जोगाउन सकिन्छ ओठको सुन्दरता !

एजेन्सी । महिलाहरुको सबैभन्दा सुन्दर अंग ओठ मानिन्छ । सुन्दर, आकर्षक एवं गुलाबी ओठबाट बोल्दा वा हाँस्दा महिलाहरुको सुन्दरता झल्कन्छ । ओठको सुन्दरतामा विशेष ध्यान दिन सक्यौं भने आकर्षक देखिने चाहँना लगभग पूरा हुन्छ । सुन्दर ओठले समग्र स्वभाव तथा व्यक्तित्वमा भएका कमी–कमजोरी हटाएर अघि बढ्न ठूलो मद्दत मिल्छ हिजोआज कम गुणस्तरको लिप कस्मेटिक्स तथा चरोट सेवनका कारण धेरै महिलाको ओठ कालो हुने गर्छ । ओठ फुट्नेजस्ता विविध समस्या बढ्दै गएको पाइन्छ । जसलाई सौन्दर्यमा देखिने नकारात्म प्रभावलाई केही उपाय अपनाएर कम गर्न सकन्छि ओठको मेकअप भन्नेवित्तिकै ओठको हेरचाह गरी सही तरिकाले लिपलाइनर र लिपिस्टिकको प्रयोग गर्नु पर्छ अनुहारको मेकअपलाई पूर्णता दिने काम पनि ओठको मेकअपले गर्ने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ – ओठको छाला अन्य छालाभन्दा निकै नरम र कोमल हुने भएकाले यसलाई नरम कपडाले पुछने – राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने – गुलाबको फूलको पात पिसेर ओठमा लगाउँदा पनि ओठ आकर्षक एवं मुलायम हुन्छ । ओठलाई प्राकृतिक गुलाबी रंग दिन अनारको बोक्रा पिसेर गुलाब जल हामी पेस्ट बनाएर गुलावको फुलको २–३ पत्ता मिक्स गरी ओठमा लगाउने । यो पेस्टलाई कम्तीमा पनि १५–२० मिनेटसम्म राख्ने । दिनहुँ यो पेस्ट लगाउँदा कालो ओठ पनि दुई हप्तामै प्राकृतिक रुपमा फर्कन्छ – ओठको मेकअपका लागि ओठ कुन प्रकारको छ त्यो थाहा पाउनु पर्छ । माथिल्लो ओठ पातलो र तलको ओठ मोटो छ भने सही रुपमा मिलाएर अनुहार सुहाउँदो बनाउने । ओठको वास्तविक घेराभन्दा अलिकति माथिबाट लिप पेन्सिलले आउटलाइन दिने र लिपब्रसको सहयताले कोरिएको भागमा छनोट गरिएको लिपिस्टिक लगाउने – दुवै ओठ मिलेका छन् भने लिप पेन्सिले ओठ कोरेर लिपिस्टिक लगाउन सकिन्छ – लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि प्यानस्टिक वा फाउन्डेसन लगाउने । कुन कलरको लिपिसिटक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको पिललाइनरले ओठलाई सेप दिने र ओठको आकारअनुरुप ब्रसको सहायताले लिपिस्टि लगाउने । साथै ओठमा लगाएको लिपिसिटकलाई लामो समयसम्म टिकाउन टिस्यु पेपेरले हल्का सफा गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?