भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

काठमाडौं । हुम्लामा भिरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । ताजाकोट गाउँपालिका-५ मदाना दलितवाडा बस्ने पाठे नेपालीको छोरी १५ वर्षीया आच्थ नेपालीको घरदेखि करिब ३ सय मिटर पर चौखुट्टे भिरबाट खसेको ढुङगा लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

भिरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी उनलाई सोही ठाउँस्थित मदाना स्वास्थ्य चौकी हुम्लातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रकरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?