जुवाको खालबाट समातिएका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थपियो

काठमाडौं । सोमवार साँझ राजधानीको कमलादीबाट पक्राउ परेका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप भएको छ ।

लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत दरबारमार्गको प्रहरी टोलीले जुवा खालबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलवार उपस्थित गराएको थियो ।

थप अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अशोककुमार अग्रवाल, रामचन्द्र संघाई, पुरुषोत्तमकुमार अग्रवाल, गोविन्दराम सरिया लगायत ९ जना रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी हाल दरबारमार्गस्थित हिरासतमा राखिएको छ ।

जुवाको खालबाट समातिएका उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो समाचार पढ्नुभएको थियो ?

लकडाउनमा जुवाको खाल, काठमाडौंबाट चर्चित व्यापारीसहित ९ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?