रुसले दियो कोरोना भाइरसको उपचारका लागि औषधिलाई मान्यता, १० दिनमा कोरोना निको हुने

काठमाडौं । रुसमा अब चाँडै कोरोना भाइरसको लागि मान्यता प्राप्त औषधि पाइने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसारयो औषधि रुस सरकारद्वारा मान्यता प्राप्त रहेको छ ।

यस औषधिको प्रयोगबाट कोरोनाको संक्रमित कम हुनेछन् । साथै स्वास्थ्य सेवामा बोझ पनि कम हुनेछ । साथै आर्थिक स्थितीमा पनि पुनः सुधार हुनेछ ।

रुसको एक अस्पतालले कोरोनाका संक्रमितमा एन्टीभाइरल ड्रग एभिफभिरको उपयोग शुरु गर्ने बताएको छ । ११ जुनबाट यस औषधि मानिसमा प्रयोग गर्न शुरु गरिनेछ । औषधि बनाउने कम्पनीले यसको प्रोडक्श एक महिनामा ६० हजार संक्रमित निको हुने गरि बनाइनेछ ।

रुसले दियो मान्यता

अहिलेसम्म कोरोनाको कुनै पनि आधिकारिक औषधि छैन । रुसको स्वास्थ्य मन्त्रालयले यो औषधिलाई संक्रमितमा प्रयोग गर्न स्विकृती दिएको छ ।

सरकारले यसलाई क्लिनिकल ट्रायल पछि मान्यता दिएको हो । क्लिनिकल ट्रायलमा ३३० जनामा औषधिको प्रयोग गरिएको थियो ।

त्यसको ४ दिन पछि उनीहरु निको भएका थिए । अझै पनि अन्य ट्रायल गरिने रुस सरकारले बताएको छ ।

विशेष प्रक्रिया पछि दिइएको हो मान्यता

अहिलेसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि भ्याक्सी नबनेको छैन । केहि देशमा यसको औषधी बनाउने तयारी चलिरहेको छ ।

केहि ठाउँमा यसको ट्रायल भईरहेको छ । तर अहिलेसम्म कुनै पनि औषधिलाई आधिकारीक मान्यता दिइएको छैन ।

गिलियड कम्पनीको एक औषधि रेमेडिसिभिरलाई केहि देशहरुले प्रयोग गरिरहेका छन् । तर यो पनि कोरोना संक्रमितलाई पुरा रुपमा निको पार्न सकेको छैन ।

रुसको स्वास्थ्य मन्त्रालयले ड्रगको पयोगका लागि विशेष प्रक्रियापछि मान्यता दिएको हो । यसको उत्पादन मार्चमा शुरु भएको थियो ।

यो औषधिले संक्रमित ९० प्रतिशत मानिसमा १० दिन भित्र भाइरलाई नष्ट गर्न सक्छ ।

रुसमा कोरोना भाइरसको महामारीका कारण यो समाचा रतयार पार्दासम्म ५ हजार ३७ जनाको मृत्यु भएको छ भने ४ लाख २३ हजार ७४१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै थप ८ हजार ८६३ जना नयाँ संक्रमित थपिएका छन् भने १८२ जनाको मृत्यु भएको छ ।

रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १ लाख ८६ हजार ९८५ जना स्वाथ्योपचार पछि निको भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?