के साँच्चिकै कमजोर हुँदैछ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरसको कहर अहिले सारा विश्वमा जारी छ । यस महामारीबाट बच्नको लागि वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

वैज्ञानिकहरुले यसको बारेमा नयाँ नयाँ तथ्य र खोज सार्वजनिक गरिरहेका छन् । यसैबीच इटालीका एक डाक्टरले दाबी गरेका छन् कि,बिस्तारै बिस्तारै कोरोना भाइरसको प््कोप कम हुँदै गईरहेको छ ।

अहिलेको भाइरस पहिलोको जस्तो खतरनाक नभएको र यस महामारीको शक्ति घट्दै गएको उनले दाबी गरेका छन् ।

यस दाबीको केहि समयपछि नै विश्व स्वास्थ्य संगठनले उक्त दाबीको खारेज गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एक चेतावनी जारी गर्दै मानिसहरुलाई सधैँको जसरी नै सावधान रहनुपर्ने बताएको छ ।

के भनेका थिए डाक्टरले ?

मिलानको स्यान रफयल हस्पिटलका प्रमुख डाक्टर अल्बर्टो जंगरीलेले क्लिनिकल भाइर इटाली नभएको र यो भाइरस हस्पिटल लोम्बार्डी शहरमा रहेको बताइएको छ, जहाँ १६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

डाक्टरले इटालीको एक टिभी च्यानलसँग कुराकानी गर्दै भने ‘पछिल्ला १० दिनमा जुन स्वाब टेस्ट गरिएको छ, त्यसमा भाइरसको मात्र धेरै कम पाइएको छ । एक दुई महिना पहिलाको तुलनामा यो अत्याधिक कम हो ।साथै उनले भने, केहि एक्सपर्ट संक्रमणको दोश्रो चरणलाई लिएर हैरान छन् र नेताहरुले यसलाई गम्भीरताका साथ लिनु पर्दछ ।’

‘डब्ल्युएचओ’ले दियो तत्काल जवाफ

यस दाबी पछि जेनोआका स्यान मार्टीनो अस्पतालमा संक्रमक बिरामीका प्रमुख म्यासियो बसेटीले पनि महिना दिन अगाडिको भाइरस जति शक्तिशाली थियो, अहिलेको भाइरस त्यति नभएको बताएक छन् ।तर विश्व स्वास्थ्य संगठनले उक्त दाबीलाई खारेज गरेको छ ।

डब्ल्युएचओले यस्तो धारण नफैलाउन आग्रह गरेको छ ।अझै पनि डब्ल्युएचओले सावधानी अपनाउनु पर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?