के हुँदैछ चीन-भारत सीमा विवाद ?

काठमाडौं । पूर्वी लद्दाखमा भारत चीन सीमा विवादको विषय केहि सामान्य बन्दै गएको छ ।

वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुबै देशका सेनाहरु विवादकाबीच अहिले भने त्यहाँको अवस्था सामान्य बन्दै गएको बताइएको छ ।

चीनको विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले सीमा विवादलाई कुराकानीको माध्यमबाट समाधान गर्न सकिने संकेत दिएका छन् ।

प्रवक्ताले चीन र भारतको बोर्डरमा सिर्जना भएको विवादित परिस्थिती नियन्त्रणका साथै स्थिर रहेको जानकारी दिएका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झओले सीमा विवादको कारण चीन र भारतको बीचमा दुबैतिरका राजनैतिक र सेनाहरुले एक आपसमा कुराकानी गरेर समस्या समाधान गर्न सकिने संकेत दिएका हुन् ।

प्रवक्ताले भने, ‘दुबै देश मिलेर यस घटनको बारेमा कुराकानीको माध्यमबाट समस्या हल गर्न सकिन्छ, त्यसको लागि ढोका खुला छ ।’

मे महिनाको ५ तारिखमा भारत र चीनको बीचमा सीमा विवादलाई लिएर स्थिती ननावपूर्ण बनेको थियो ।

त्यसबेला चिनियाँ सैनीक र भारतीय सैनीकबीचमा झडप भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?