सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ६२ पुगेको छ । मंगलवार थप २९ जनामा पुष्टि भएको समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
मंगलवार प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा सुर्खेत, दैलेख, सल्यान र अछामका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
आज संक्रमण पुष्टि हुनेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ११ जना पुरूष, सल्यानको दार्मा गाउँपालिकाका ९ जना पुरूष रहेका छन् । त्यस्तै अछामको मंगलसेनका १ जना पुरूष, मल्लेख गाउँपालिकाका ६ जना पुरूष र २ जना महिला रहेका छन् ।
अहिलेसम्म कर्णालीका ६ जिल्लामा संक्रमित भेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला र मुगु जिल्लामा कोरोना संक्रमण पुगेको हो । सोमवारसम्म कर्णालीमा २ सय २३ जना संक्रमित फेला परेका थिए ।
भने कोरोना संक्रमणबाट कर्णालीमा १ जनाको मृत्यु भइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया