शमीको वृक्षका यस्ता छन् फाइदा, के छ धार्मिक महत्व ?

काठमाडौं । यो कुरा सायदैलाई मात्र थाहा छ कि,हरेक वृक्षमा विशेष गुण हुने गर्दछन् ।

वृक्षको आकृति फूल, रङ, सुगन्ध र फलमा फरक फरक प्रभावका कारण फरक फरक ग्रहहरुसँग सम्बन्ध हुन्छ ।

त्यस्तै यदि तपाई ग्रहसँग सम्बन्धित रुखहरु घरमा रोपेर त्यसको ध्यान दिनुहुन्छ भने साथै पूजा र उपासना गर्नुहुन्छ भने तपाईलाई त्यसबाट विशेष लाभ प्राप्त हुन्छ ।

आज हामी तपाईलाई एक विशेष वृक्षको बारेमा जानकारी दिदैछौँ, जसको सम्बन्ध शनि ग्रहसँग रहेको छ ।

शमी एक त्यस्तो वृक्ष हो जसले हामीलाई श्वास फेर्नको लागि धेरै मात्रामा अक्सिजन उपलब्ध गराउँछ ।

शमीको सम्बन्ध शनिसँग कसरी र किन ?

यस्तो मान्यता रहेको छ कि, भगवान श्रीरामले लंकामा आक्रमण गर्नु भन्दाप हिला यस विशेष वृक्षको पूजा गरेका थिए ।

त्यस्तै पाण्डवले अज्ञातवासको बेला आफ्ना सारा अस्त्रशस्त्र यसै वृक्षमा लुकाएर राखेका थिए । त्यसैले पनि शमीको वृक्षलाई ठूलो शक्तिको रुपमा हेर्ने गरिन्छ ।

शमी कुनै पनि ठाउँमा जीवित रहन सक्छ । किनभने सुकेको अवस्थामा पनि यसले कसैलाई नोक्शान पुर्याउँदैन ।

कठोर गुण र शान्त स्वभावका कारण यसको सम्बन्ध शनिदेवसँग जोडिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?