कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ७७ हजार ४३७ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ६६ हजार ५३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ३ हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ६ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने १८ लाख ५९ हजार ३२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख १५ हजार ४१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख २९ हजार ४०५ जनालाई संक्रमण भएको छ भने ३० हजार ४६ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २ लाख ११ हजार ८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८५५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १४ हजार ८७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७५ हजार ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७६ हजार ३३२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार १९७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५८ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ८३३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८९ हजार २२० जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार ४४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६१८ जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार ७६५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६५ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ७०६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ३३६ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ९५ हजार ७५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ७६९ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २८ हजार ९४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार ३९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार ५०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ४४५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २१ हजार ४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ३२६ जनाको मृत्यु भईसकेको छ भने ९१ हजार ७०५ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९ हजार ७२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १० हजार १६७ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ४३५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २३७ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा ६७ हजार ४९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ५४३ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ४६० जनालाई संक्रमण भएको छ । त्यहाँ २६ हजार ८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ४८६ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ५१७ जनालाई संक्रमण भएको छ । त्यहाँ १५ हजार ९१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९६२ जनाको मृत्यु भएको छ भने ४६ हजार ५४५ जनालाई संक्रमण भएको छ । त्यहाँ १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा २८२ जनाको मृत्यु भएको छ भने ४ हजार २३३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?