१० आश्विन २०७९, सोमवार

५० हजार अमेरिकी डलर सहित चिनियाँ महिला पक्राउ

२०७४,आश्विन,४,बुधबार १३:१५

0
Shares

रसुवा, ४ असोज ।प्रहरीले ५० हजार अमेरिकी डलर सहित एक चिनियाँ महिलालाई पक्राउ गरेको छ । रसुवा केरुङ सडकखण्ड अन्तर्गत टिमुरे भन्ने स्थानमा नियमित चेकजाँचका क्रममा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लि लिवाङ नामकि चिनियाँ महिलालाई पक्राउ गरेको हो । उनको साथबाट १ सयको ४ सय ३५ थान र ५० को १३० थान गरि ५० हजार अमेरिकी डलर बरामद गरिएको शसस्त्र प्रहरीका डिएसपी प्रकाश वाग्लेले लोकपथलाई बताए । महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडले बेरेर प्लाष्टिकको बट्टामा लुकाएर लैजादै गरेको डलर शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित चेकजाँचका क्रममा बरामद गरेको शसस्त्रका डिएसपी वाग्लेले बताए ।प्रक्राउ परेकि चिनियाँ महिलालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीले हिरासतमा राखेको छ ।चिनसँग सिमा जोडिएको उक्त क्षेत्रमा पछिल्लो समय अवैध डलर र सुन तस्करी बढिरहेको छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३

लमजुङ । डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण

लमजुङ । लमजुङमा करिब २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको

चितवन । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै

ताजा समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान
 २०७९,आश्विन,१०,सोमवार ०८:३१
यस्तो रहनेछ आजको मौसम
 २०७९,आश्विन,१०,सोमवार ०८:२८
चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३